सरकारले गर्याे विप्लव नेकपामाथिको लगाएको प्रतिबन्ध फुकुवा

काठमाडौँ । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि दुई बर्ष अघिबाट लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।

बिहीवार साँझ बसेको मन्त्रिपरिषद बैठकले प्रतिबन्ध फुकाउने निर्णय गरेको हो ।

सरकार र विप्लवपक्षबीच दुई दिन लगातार भएको वार्तामा गरिएको सहमतिअनुसार प्रतिबन्ध फ़ुकाइएको हो ।

२ वर्ष पहिला फागुनमै सरकारले आपराधिक क्रियाकलाप गरेको निष्कर्षसहित विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको थियो ।

तीन चरणमा सम्पन्न भएको सरकार र विप्लव नेकपावीचको वार्ताले तीनबुदे सहमति गरेको थियो । उक्त सहमति भोली सार्वजनिक गरिने र भोली नै प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्दले एउटै मन्चबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।