नेपाली दूतावास लन्डनको छुट्टै अनलाइन सेवा भूकम्पबारे जानकारी दिन :

लन्डन । गत शनिवार नेपालमा गएको भूकम्पले मच्चाएको वितण्डा र भइरहेको गतिविधि बारेमा जानकारी दिने उद्देश्यले नेपाली दूतावास लन्डनले नयाँ अनलाइन सेवा सुरु गरेको छ । http://nepaliembassyuk.com/ अनलाइन पोर्टलको बेलायतका लागि कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीले सोमबार नेपाली दूतावासमा सार्वजानिक गरेका हुन् । नेपालको पछिल्लो अवस्थाका बारेमा आधिकारिक जानकारी दिने उद्देश्य नयाँ  सेवा सुरु गरिएको दूतावासले जनाएको छ । अनलाइनमा भुकम्प पीडितलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने बारेमा विस्तृत विवरण राखिएको छ । यसअघि नेपाली दूतावासले हेल्प डेक्सको सुरुवात गरिसकेको छ ।

11160204_10152782485853639_2145409384_n