गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राजनीतिक दलका भ्रातृ संगठन, जातीय र धार्मिक संस्थामाथि प्रतिबन्ध लगाउने गरी नियमावाली संशोधन गरेको छ । एनआरएनको निर्वाचनसम्बन्धी संशोधित प्रावधान अनुरुप कुनै राजनैतिक, जातीय र धार्मिक संस्थामा संलग्न व्यक्तिले एनआरएनको कार्यकारी पदमा उम्मेद्वार बन्न पाउने छैनन् । गत आइतवार एनआरएन आइसीसीले गरेको निर्णय अनुसार गैरआवासीय नेपाली सँघ युकेका महासचिब राजकुमार त्रिपाठीको पद धरापमा परेको छ । उनी नेपाली जनसम्पर्क समिति बेलायतका बर्तमान महासचिब हुन् ।
नँया नियमावली बमोजिम त्रिपाठीको महासचिव पद स्वत खारेज हुन्छ वा उनीले तत्तकाल जनसम्पर्क समितिको महामन्त्रीबाट राजीनामा गर्नु पर्ने हुन्छ । यस्तै एनआरएन युकेका अन्य पदाधिकारी तथा सल्लाहकार तथा एनआरएन यूकेबाट प्रतिनिधित्व गर्ने सदस्यहरु पनि विभिन्न राजनीतिक संगठनमा आवद्ध भएकोले यदि परिवर्तित नियम लागू भएमा सबैको पद धरापमा पर्नेछन् । त्यसैले एनआरएन यूकेले संशोधित विधानप्रति घोर आपत्ति जनाएको छ ।
एनआरएन महासचिव कुमार पन्तका अनुसार एनआरएनमा राजनीतिक दलको भ्रातृ संगठन, जातीय र धार्मिक संस्थामा आबद्ध व्यक्तिले एनआरएनको राष्ट्रिय (एनसीसी )वा अन्तर्राष्ट्रिय (आईसीसी) को कुनै पनि पदमा उम्मेरद्वार बन्न पाउने छैन् । यदि उनीहरुले एनआरएनको कार्यकारी पदमा उम्मेदवार बन्न चाहेमा आफू संलग्न भएको राजनीतिक दल, जातीय संगठन तथा धार्मिक संस्थाको आबद्धता त्यागेको प्रमाण पेश गर्नुपर्नेछ । महासचिव पन्तले दिएको जानकारीअनुसार गैरआवासीय नेपाली संघमा राजनीतिक, जातिय र धार्मिक संस्थाको हस्तक्षेप बढ्दै गएको भनी आलोचना हुन थालेपछि एनआरएनले पछिल्लो निर्णय गरेको हो ।
लण्डन नेपाल न्यूज डटकमले सोधेको प्रस्नमा गैरआवासीय नेपाली सँघ युकेका महासचिब राजकुमार त्रिपाठीले संघको ९ औं महाअधिवेशन तथा विश्व सम्मेलन आगामी अक्टोवर १४ देखि १७ सम्म काठमाडौंमा गर्ने निर्णय भय पनि राजनीतिक, जातिय र धार्मिक संघसंस्थामा कार्यकारी पदमा रहेका व्यक्तिले गैरआवासीय नेपाली संघ (एनआरएन) को कुनै राष्ट्रिय वा अन्तर्राष्ट्रिय समितिको उम्मेदवार बन्न नपाउने एनआरएन आइसिसीको निर्णयलाई एनआरएनए युकेले चुनौती दिएको छ । पछिल्लो समयमा एनआरएनका सदस्यहरु कुनै पनि राजनीतिक दल, जातिय संस्था वा धार्मिक संस्थामा आवद्ध हुने गरेको र यसरी आवद्ध हुनु उनीहरुको नैसर्गिक अधिकार रहेको धारणा बेक्त गरे ।







