भूकम्पबाट ६ नेपाली सेनाको ज्यान गयो

nepali sena

भूकम्पबाट ६ नेपाली सेनाले ज्यान गुमाएका छन् । भुकम्पबाट एक सुबेदार, एक प्राविधिक हुद्दा र चार सिपाहीको ज्यान गएको नेपाली सेनाले जनाएको छ । मृत्यु हुनेहरुको अन्य विवरण भने सेनाले खुलाएको छैन ।
भूकम्पपीडितको उद्धारमा सेनाको ९० प्रतिशत जनशक्ति खटाइएको सैनिक प्रवक्ता जर्नेल जगदिशचन्द्र पोखरेलले बताएका छन् ।