लन्डन गैरआवाशिय नेपाली संघका पूर्व अध्यक्ष जिवा लामिछानेले भूकम्पले बिपत्तीमा परेका नेपालीहरुको लागि २५ लाख दिने घोषणा गरेका छन् । “नेपालमा भएको विनाशकारी महाभुकम्पमा परेकाहरुको राहतका लागि २५ लाख सहयोगको घोषण गर्छु उनले नेपालप्लसलाई बताए ”
बिदेशमा अनेक दुस्ख कष्ट झेलेर बसिरहेका, ब्यवसाय र धन्दा गरिरहेका नेपालीहरु स्वदेशको बिपत्तीमा चुप लागेर बस्न कहाँ सक्छन रु ‘आफ्न नेपाली दाजुभाई र दिदीबहिनीहरु, साना केटाकेटी नानीहरु रोएको देख्दा हाम्रो मनपनि थामिन्न । यो बिपतमा सक्ने नेपालीले सहयोग गर्नुपर्छ, साथ दिनुपर्छ ।” लामिछानेले भनेका छन ।
बिपतको यो घडीमा साथ दिन विश्वभरिका नेपालीहरुलाई आव्हान गर्दै लामिछानेले भनेका छन “विपदको यो घडीमा सबैले यथासक्य सहयोग गरौँ । हामी सबैको स(सानो सहयोग एकत्रित गर्दा त्यसले पिडितहरुलाई ठुलो राहत हुनसक्छ । देश रोइरहंदा बिदेशमा बस्ने नेपालीहरुको मन पनि रोइरहेको छ । हाम्रा बिमतिहरुलाई थातीं राख्दै सहयोगका लागि सबै एकजुट होऔ १ बिदेशमा बस्ने नेपालीहरुलाई जन्मभुमीको सेवा गर्ने र मातृभूमिको ऋण चुक्ता गर्ने यो अवसर पनि हो”
एनआरएन निवर्तमान अध्यक्ष लामिछानेद्धारा २५ लाख सहयोगको घोषणा :







