गुगलले भुकम्पमा हराएकालाई खोज्न सहयोग गर्ने:

 लण्डन ,शनिबार गएको विनासकारी भुकम्पमा परी सम्पर्क वाहिर रहेकोहरूलाई अथवा खोजि गरीरहेका परिवारका सदस्यहरुलाई खोज्न सहयोग पुग्नेगरी गुगलले पर्सन फाइन्डर जारी गरेको छ।

google1

यसअघि फेसबुकले पनि सेफ्टी चेक मार्फत हराएका वा सम्पर्क वाहिर रहेकाहरुलाई जोड्ने कामको सुरुवात गरेको थियो। गुगलले भारत र अमेरिकाको फोन नम्वरसहित सम्पर्क गर्न खोजीएको ब्यक्ति वा सम्पर्कमा आएको ब्यक्तिको जानकारी दिन वा लिन चाहेमा टेक्सटमार्फन जानकारी दिइने छ।

भारतका लागि फोन नं +९१-९७७३३-००००० र अमेरिकाका लागि +१-६५० ८०० ३९७८ बाट हराएको ब्यक्तिको जानकारी दिन मिल्नेछ।