बेलायतमा नेपालीको ऐतिहासिक सफलता, गैरे बने केन्टको मेयर

uk

लन्डन- बेलायतमा एक नेपालीले ऐतिहासिक सफलता हात पारेका छन् ।

बेलायतमा ट्याक्सी व्यवसाय चलाइरहेका शंकर गैरे स्वान्ली टाउन काउन्सिल, केन्टका लागि बुधबार मेयर निर्वाचित भएका छन् । बेलायतकै इतिहासमा मेयर बन्ने नेपाली मुलका पहिलो बेलायती हुन् ।

गत वर्ष सन् २०१५ मा सत्तारुढ कन्जरभेटिभ पार्टीबाट क्राइष्ट चर्च वार्डको काउन्सिलर बनेका गत वर्ष उपमेयर र यो वर्ष मेयर बन्न सफल भए ।

गुल्मी रुपाकोटमा जन्मिएका गैरे सन् १९९४ मा बेलायत प्रवेश गरेका हुन् । स्वान्ली क्षेत्रमा चाहिँ विगत १३ वर्ष देखि बस्न थालेका हुन् । उनी श्रीमती मेयरेस काउन्सिलर लक्ष्मी गैरे र दुई छोराका साथ पिंक्स् हिल स्वान्ली बस्छन् ।

तस्विर:कुशल श्रेष्ठ