ल्वाङ स्वादका लागि उपयुक्त मसला मानिन्छ। यसका साथसाथै यसका अनेक गुणहरू पनि रहेका छन्। यसको उपयोग एन्टीसेप्टिकका रुपमा पनि प्रयोग गरिन्छ। यसमा हाम्रो स्वास्थ्यलाई दुरुस्त राख्ने अनेक गुणहरू रहेका हुन्छन्।
ल्वाङमा विशेषतः एक प्रकारको तत्व युजेनोल हुने गर्दछ, जसले यसको बासनालाई छुट्ट्याउँछ। ल्वाङ हरेक मौसमका लागि लाभदायक छ। तर, जाडो महिनामा अझ यसको उपयोगिता अधिक हुन्छ। यसको सेवनले गर्मी पैदा गर्दछ। त्यसैकारण यसको प्रयोग एकदमै सावधानीपूर्वक गर्नुपर्दछ। यसको तेल आफ्नो अनुहारमा लगाउदा भने कुनैचिजमा नमिसाई त्यत्तिकै लगाउनुहुँदैन।
जानौं यसका केही फाइदाहरू:

– दाँतको दुखाईको समय ल्वाङको सेवनले पीडाबाट छुटकारा पाउन सकिन्छ। हरेक टुथपेष्ट निर्माणमा ल्वाङ अग्रस्थानमा रहेकै हुन्छ। खोकी तथा श्वास गन्हाउने समस्याका लागि पनि ल्वाङ एकदमै राम्रो उपचार मानिन्छ। यसको नियमित सेवनले यस्तो समस्याबाट मुक्त पार्दछ। त्यत्तिकै सेवन गर्न नसक्ने अवस्था भएमा यसको सेवन सौंफसँग पनि गर्न सकिन्छ।
– कुनै विषालु प्राणीले टोक्दा, काटेको अवस्थामा, घाउ भएमा एवं कुनै भाइरसको इन्फेक्सनको अवस्थामा ल्वाङको प्रयोग गर्न सकिन्छ।
– ल्वाङको प्रयोगबाट बनाइएको चिया कपालका लागि पनि फाइदाजनक मानिन्छ। ल्वाङको चिया कपालमा कलर गरेपछि र कपाल पखालिसकेपछि लगाउनु पर्दछ। यसरी बनाइएको चिया चिसो भइसकेपछि मात्र प्रयोग गर्नुपर्छ। यसले कपाल सुन्दर, चमक र बलियो हुन्छ।
– ल्वाङको उपयोग उल्टी हुने समस्यामा, डराउने समस्या आदिमा प्रयोग गर्न सकिन्छ। यसले शरीरलाई आराम दिलाउँदछ। ल्वाङको तेल, अमिलो, थोरै चिनी पानीमा मिलाएर पिउनुपर्दछ।






