
टेबुल वर्करलाई मानिसले दिनहुँ गर्ने बसउठ, हिँड्डूललाई शारीरिक अभ्यास भनिदैन। त्यस किसिमका गतिविधि ठेलागाढा घचेट्नेदेखि लिएर म्याराथन धावकलाई समेत आवश्यक पर्छ। वैज्ञानिकहरूले गरेको अनुसन्धानले बढी बस्नु हृदयका लागि खराब हुने निष्कर्ष निकालेका छन्। वैज्ञानिकहरूले १ हजार ५ सय ७९ मानिसमा गरेको अनुसन्धानले हरेक दिन ६ घण्टा बसेर काम गर्दा नबस्नेहरूको भन्दा उनीहरूको शरीरको तौल ६८ प्रतिशतले बृद्धि हुने अनुसन्धानले निस्कर्ष निकालेको छ। यसरी तौल वृद्धि हुँदा हृदय रोग लाग्ने सम्भावना उत्तिकै रहेको छ। २ घण्टा टेलिभिजन हेरेर बस्दा नहेर्नेहरूभन्दा हेर्नेहरू २३ प्रतिशतले मोटाउने र त्यसरी मोटाएका मध्येमा १४ प्रतिशतमा मधुमेह रोग लाग्ने सम्भावना रहेको पनि चिकित्सकहरूले बताएका छन्। टेलिभिजन हेर्नको सट्टा १ घण्टा मात्रै हिँडने हो भने पनि मोटाउने सम्भावना २४ प्रतिशतले घट्ने र मधुमेह रोग लाग्ने सम्भावना ३४ प्रतिशतले कमी हुने चिकित्सकहरूले बताएका छन्।






