भारतमा उच्च भेटघाट गर्दै गृहमन्त्री

Nepal's Deputy Prime Minister and Minister for Home Affairs Bimalendra Nidhi meets Indian Minister for External Affairs Sushma Swaraj in New Delhi of India, on Friday, August 19, 2016. Photo: MEAIndia/Twitter

काठमाडौं – उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि तीनदिने भारत भ्रमणका लागि आज भारत जनुहुने भएको छ । इण्डिया फाउन्डेसनले आयोजना गर्ने आतंकवाद प्रतिवादसम्बन्धी तेस्रो सम्मेलनमा भाग लिन उहाँ त्यसतर्फ जान लाग्नुभएको हो ।

भारतमा निधिले धारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, भाजपाका अध्यक्ष अमित शाह, सोनिया गान्धी, राहुल गान्धीलगायतसँग भेट गर्नुहुने छ ।

निधिले नेपालको पछिल्लो राजनीतिक अवस्थाको बारेमा भारतीय नेताहरुसँग कुराकानी गर्नुहुने उहाँका प्रस संयोजक रामजी दाहालले जानकारी दिनुभयो ।