विदेशमा किन आत्महत्या बढ्दो छ ?

सुरेन रुपाखेती
सुरेन रुपाखेती
सुरेन रुपाखेती

विभिन्न मिठा मिठा सपना भनु असिमित रहर बोकेर युवा युवती हरु विदेश जानेको लहर नै चलेको छ तर बिडम्बनाको कुरा आत्महत्या गर्ने को संख्या पनि बढ्दो छ ।

पछिलो महिना मात्र कोरियामा २ जना ले आत्महत्या गरेका थिए, अस्ट्रेलिया मा त्यस्तै एक साता को बिचमा दुइ युवा को निधन भइसकेको छ जसले आफ्नै कोठामा डोरीको पासो लगाएर आत्महत्या गरेका थिए ।

फेरी जापानमा एक युवा कमल खनाल ले आत्महत्या गरेका छन् आखिर किन यस्तो भइरहेको छ त ? त्यस्को कारण त यो नै भन्न नसकीएता पनि जब सपना रहर वा पारिवारिक परिस्थिति का कारण युवा नेपाल बाट विदेशमा पुग्छन् र आफुले सोचेजस्तो नपाउनु, बिभिद समस्या आइपर्नु वा कानुनी बाधा अड्चन, मानसिक तनाब, परिवारको सम्झना बारम्बार आइ रहनु आफुले सोचे जस्तो जागिर नपाउनु तथा बेरोजगारी बस्नु , आफुलाइ चाहिएको खर्च पुर्याउन नसक्नु , देखासिखी लगायत आफूले सोचेजस्तो नहुनु कारण हुन् जसले गर्दा युवा आफ्नो अकालमा ज्यान गुमाइ रहेका छन । यो समस्या दिनानु बढ्दो छ ।

विदेशमा रहेका बिभिन्न संघसस्थाहरु लगायत राजदुतावासले बिभिन्न किसिमका कार्यक्रम आयोजना गरेर समस्यामा परेका युवाहरुलाई उचित परामर्स तथा सहयोग गर्न सकियमा केही मनोबल बढाउन सकिन्थ्यो कि भन्ने तथा आफ्ना साथी भाईलाई परेको समस्या लाई सबै मिलेर समाधान गरी तथा आवश्यक डाक्टर तथा थेरापी उपचार गर्न मद्दत गर्ने, यदि साथी भाई मा डीप्रेसनको समस्या छ भने उसलाई एक्लै नछोड्ने, राम्रो सकारात्मक हौसला दिने । जसको कारण केही हद सम्म आत्महत्या कम गर्न सकिन्थ्यो कि ।

लेखक :

सुरेन रुपाखेती

प्लमस्टेड बेलायत