काठमाडौँ- एकीकृत माओवादीका पोलिटब्युरो सदस्यसहित चार केन्द्रीय नेता माओवादी परित्याग गरी बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा प्रवेश गरेका छन ।
एमाओवादी पोलिटब्युरो सदस्य ध्रुव पराजुली, गोविन्द पराजुली, दिलबहादुर श्रेष्ठ र बाबुराम कार्की आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै बाबुरामको नयाँ शक्तिमा सहभागी भएका हुन् ।
विज्ञप्तिमा एमाओवादी नेताको भ्रष्ट आचरण, गलत नियत र विधिमा फसेकाले देशको आर्थिक समृद्धिका लागि नयाँ शक्तिमा प्रवेश गरेको जनाएका छन् ।






