बेलायतमा झन्डै दश लाख जनाले लगाए कोरोनाविरुद्धको खोप

लण्डन । बेलायतमा करिब दश लाख मानिसले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् । डिसेम्बर ३१ साँझसम्म नौ लाख ४४ हजार बढी मानिसले फाइजर बायोएनटेक भ्याक्सिनको पहिलो डोज लगाएका यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस खोपको दुई डोज लगाउनुपर्ने भएको छ । बेलायतले विश्वमा सबैभन्दा पहिले यस खोपलाई मान्यता दिएको थियो । अहिले विश्व स्वास्थ्य संगठनले पनि यस खोपको प्रयोगलाई अनुमति दिइएको छ । यूकेमा डिसेम्बर ८ बाट फाइजर भ्याक्सिन वितरण शुरु गरिएको थियो ।

९० वर्षीया मार्गरेट किननले पहिलो खोप लगाएकी थिइन् । यस्तै यूकेमा अक्सफोर्ड एष्ट्राजेनेकाले विकास गरेको अर्काे खोप पनि मान्यता दिइएको छ । यस खोप बेलायतमा मान्यता दिइएको दोस्रो खोप हो ।