कुल आचार्यको अध्यक्षतामा बन्यो परोपकार समिति, यूकेबाट को–को भए सदस्य ?

लन्डन– गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यको अध्यक्षतामा परोपकार तथा मानवीय सहायता समिति गठन गरेको छ । परोपकार तथा मानवीय सहायताका लागि यो समितिलाई महत्त्वपूर्ण मानिन्छ ।

समितिको सहसंयोजकमा एसिया प्यासिफिक क्षेत्रमा कपिल थापा, अमेरिकामा केशव पौडेल, चर्क थापा (न्युजिल्याण्ड), राजु सायद (साउदी अरब), नरेन्द्र हमाल (पोर्चुगल), सुनिल कार्की (अफ्रिका) छन् ।

समितिको सल्लाहकारमा पूर्वअध्यक्षहरु डा. उपेन्द्र महतो, शेष घले, देवमान हिराचन, जीवा लामिछाने र विश्वआर्दश पण्डित रहेका छन् ।

समितिको सदस्यमा युकेबाट प्रेम गाहामगर,शिव भण्डारी,दूतबहादुर पुन, हिराधन राई, दयानिधि सापकोटा छन् ।

यसैगरी समितिमा अमेरिकाबाट भूपेन्द्र शेरापुञ्जा, कृष्ण लामिछाने र निरन पन्त, रसियाबाट रामेश्वर गौतम, कतारबाट दिनेश तामाङ, बेल्जियमबाट योगेन्द्र श्रेष्ठ, झलक केसी र सुवास जोशी सदस्य छन् ।

क्यानडाबाट देवेन्द्र सुवेदी, हङकङबाट कुलबहादुर गुरुङ, कुवेतबाट टिका आचार्य, कोरियाबाट लक्ष्मी गुरुङ, मलेसियाबाट खगेन्द्र न्यौपाने, अस्ट्रेलियाबाट टोनी जी. गोथाने, स्वीजरल्याण्डबाट सीमा गौतम, इटालीबाट सञ्जयदेव श्रेष्ठ, थाइल्याण्डबाट सरोज खनाल, जापानबाट राजीव श्रेष्ठ र बेलारुसबाट चित्र सुवेदी सदस्य छन् ।