काठमाडौँ । प्रेस सेन्चुरी र सपना श्रीको स्वरमा जीवन यहाँ यस्तै छ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ।
उदयपुर मिडिया हबले निर्माण गरेको उक्त गीतमा शब्द, संगीत पनि सेन्चुरीले नै गरेका छन् । नेपाली घरगाउॅको जनजीवनको पिडालाई यथार्थमा उतार्ने प्रयास गरिएको उक्त गीतको म्युजिक भिडियो वास्तवमै स्तरीय बनेको निर्माणकर्ताहरुको विश्वास छ ।
भिडियोमा अप्सरा चाम्लिङ राई, परिस्मा राई, गणेश प्रदेशी, दिनेश राई कान्छा तथा स्वयं गायक प्रेम सेन्चुरी समेत अभिनयमा छन् । भिडियोको उदयपुर मिडिया हबका सदस्य प्रेम जंग किरॉतीले निर्देशन गरेको भिडियोलाई संयुक्त राज्य अमेरिका र उदयपुर जिल्लाकै चौदण्डिगढी नगरपालिकाको गढन्तामा छायांकन गरिएको हो।
हेरौ भिडियो






