सोफिया र राज अभिनित ‘बुढीको कचकच’ सार्वजनिक

काठमाडौँ।
अहिलेका व्यस्त निर्देशक आदित्य बुढाथोकीको निर्देशन रहेको ’बुढीको कचकच ’ बोलको गितको भिडियो र्सार्वजनिक भएको छ ।चर्चित निर्देशक बुढाथोकीको निर्देशनमा बजारमा आएको उक्त भिडियोले सार्वजनिक भएको छोटो समयमा नै चर्चा बटुलेको छ ।

समसामयिक पारिवारिक कथा बस्तुमा निर्माण भएको भिडियोलाई निर्देशक बुढाथोकीले सहज ढंगमा उत्कृष्ट बनाउन खोजेका छन् । बुढाबुढी बीच हुने घर झगडालाई भिडियोमा प्रस्तुत गरिएको छ । सानातिना गल्ती तथा जीवनका आरोह अवरोहहरुमा आइपर्ने महत्वकांक्षा अनि चुनौतीले श्रीमान श्रीमती बिच आउने तनावलाई भिडियोमा उत्कृष्ट फिचर गरिएको छ । भिडियोमा सोफिया बज्राचार्य र राजको साथमा सुनिल जिम्बा, शसिशेखर बुढाथोकी, नवराज दाहाल, ममता घर्ती, अन्जु त्रिपाठी, मिस्रा काफ्ले, सुकदेव थपलिया, सावित्री राना मगर, सहदेव राभाट, दिनेश रानाभाट, प्रजुन रानाभाट, सदिच्छा गिरीको अभिनय रहेको छ ।मुकेश हुमागाईको छायांकन रहेको भिडियोमा कविता तोलाङ्गीको श्रृङ्गार, पदम सुवेदीको सम्पादन रहेको भिडियोको कलर संयोजन मिलन विश्वकर्माको रहेको छ । भिडियोमा अमरकृष्ण चन्दको सह निर्देशन रहेको छ ।

गीतमा चर्चित गायिका एलिना चौहानको सुमधुर स्वरको साथमा भरत भट्टकोस्वर रहेको छ । सपना बानियाँ र भरत भट्टको शब्द सृजना रहेको गीतमा सपना बानियाँले संगीत भरेका छन् भने संगीत एरेन्ज केबी भण्डारीको रहेको छ । भिडियो ओएसआर डिजिटलले बजारमा ल्याएको हो ।

हेरौ भिडियो ।