नरहरिको अवस्था ‘गम्भीर’

narahari

काठमाडौं- पार्टी सभापति सुशील कोइरालालाई श्रद्धाञ्जली दिन पुगेका कांग्रेस नेता नरहरी आचार्य बेहोस भएर लडेपछि अस्पताल भर्ना गरिएको छ ।

बेहोस भएर लडेलगत्तै उनलाई सहीद गंगालाल अस्पताल पुर्‍याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि अहिले नजिकैको न्युरो अस्पताल बाँसबारी भर्ना गरिएको छ ।

उनको अवस्था गम्भीर रहेको पारिवारिक स्रोतले बताएको छ । निधनको खबर पाए लगत्तै कोइराला निवास पुगेका आचार्य आफूलाई बिसन्चो भएको बताउने वित्तिकै लडेका थिए ।