पोर्न हेर्दा ल्यापटप फुले नयाँ उपहार

(एजेन्सी) एक युवकले पोर्न चलचित्र हेर्ने क्रममा ल्यापटप फुटाएपछि पोर्न चलचित्र निर्माता कम्पनीले नै ती युवकलाई नयाँ ल्यापटप उपहार दिएको छ ।

porn-552f55b66f918_exlst
डेनजेल नाम गरेका एक युवकले पोर्नहब नामक साइटमा गएर वयस्क चलचित्र हेरिरहेको बेला उनको कोठामा आमा आइपुगेकी थिइन् ।

आमाबाट बच्न ती युवकले हतार हतार ल्यापटप बन्द गर्न खोजेका थिए । तर ल्यापटप ह्यांग भएर स्क्रिनमा अश्लिल तस्विर देखिएपछि उनले आफनो आमाले उक्त दृश्य देख्न नपरोस भन्दै ल्यापटपलाई कोठाको भित्तामा बजारेका थिए । उक्त घटनापछि उनको ल्यापटपको स्क्रिन पूणरुपमा क्षति पुगेका थियो ।

उनले आफ्नो वास्तविक घटनालाई ट्वीटरमा पोस्ट गरे । उनको स्टाटसलाई लाखाँै मानिसहरुले सेयर गरे ।

केहीले उनलाई ल्यापटप फुटाउनुको सट्टामा अन्य विकल्प रोज्नका लागि सुझाव समेत दिएका थिए ।

जब उनको यस घटनाका बारेमा पोर्नहब नाम गरेको एडल्ट चलचित्र निर्माता कम्पनीलाई पनि थाहा भयो कम्पनीले ती युवकलाई नयाँ ल्यापटप उपहारका रुपमा दिएको छ । कम्पनीले उनलाई आफ्नो उत्तम र इमान्दार सेवाग्राही भएको ठहर गर्दै उक्त ल्यापटप उपहार दिएको जनाएको छ ।

Fullscreen capture 20042015 155257