काठमाडौं । बुधबार मन्त्री नियुक्त भएका तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमामा बुधबार राष्ट्रपतिले विष्णु पौडेललाई अर्थ, कृष्ण गोपाल श्रेष्ठलाई सञ्चार तथा लिलानाथ श्रेष्ठलाई महिला तथा बालबालिका मन्त्रीमा नियुक्ती गरेकी थिइन् । उनीहरुको शपथ केही बेर अघि राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शितल निवासमा गराएकी हुन् । मन्त्रीहरुले आज नै कार्यभार सम्हाल्ने जनाइएकोे छ ।
नवनियुक्त ३ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ






