काठमाडौं । काठमाडौं महानगरपालिका-१६ नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्याँस सिलिण्डर विष्फोट भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ नयाँ बजारस्थित फलफूल चोकमा रहेको नीलकुमारी क्षत्रीको घरमा ग्यास पड्किएर आगलागी भएको हो। घटनामा ११ जना घाइते भएका छन्। उनीहरूको पिपुल्स र मनमोहनमा उपचार भइरहेको छ।
बिहीबार बिहान ग्यास खोल्दा एकाएक लिक भएर आगलागी सुरु हुन पुगेको जानकारी पाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ।






