गैर आवासीय नेपाली संघ सार्क मुलुक भन्दा वाहिर विश्वभर छरिएर रहेका सवै सवै नेपालीहरुको साझा एवं प्रतिनिधिमुलक संस्था हो । “नेपालीका लागि नेपाली“ भन्ने मूल मन्त्र वोकेको गैर आवासीय नेपाली संघको आफ्नै उद्धेश्य, लक्ष्य र सीमाहरु छन् । गैर आवासीय नेपाली संघको मूल मन्त्र प्रवास वाट स्वदेशलाई के दिन सकिन्छ र देश विकासमा कसरी सहयात्री हुन सकिन्छ भन्ने हो । संघले आफ्ना छुट्टा छुट्टै समिति मार्फत देशमा अनेकौ काम गरेको फेहरिस्त र ज्वलन्त उदाहरण हामी संग प्रशस्तै छन । चाहे खाडी मुलुकमा अन्यायमा परि ज्यानको जोखिमका वेला जुटाएको ब्लड मनि, सवै खाले सामाजिक , कानुनी र आर्थिक सहयोग होस् । चाहे सामुहिक लगानी मार्फत नेपालमा गरिएका विविध लगानीहरु ( हाइड्रो पावर कम्पनि , स्तरीय र तारे होटल , पर्यटन , शिक्षा , स्वास्थ्य) लगायत अन्य दर्जनौ क्षेत्रमा गरिएको लगानी होस् । वा सवै सवै नेपालीको मन जित्ने गरि भुकम्प गएको २४ घण्टा नवित्दै थलिएको र गरिएको राहत कार्यक्रम वा जारी पुनर्निर्माण को काम होस् । नेपाल र नेपाली को अमनचयन र सर्वोपरी हित नै सारा एनआरएनहरु र सिंगो संस्थाको मूल चाहना र मर्म हो ।
गैर आवासीय नेपाली संघले आफ्नो स्थापनाकाल देखिने आइसीसी लेभल वाट नै शुरु गरेको (एनआरएनए सिविल सोसाइटी, फाइलाथ्रोपी एन्ड हुमानीटरीयन असिसटेन्स टास्क फोर्स) समितिले नेपालमा भए गरेका, हुने अथवा भै रहेका वेथिति , अराजकता र सामाजिक अन्याय जातीय भेदभाव , वाल श्रम शोषण , वैदेशिक रोजगारीका समस्या र चुनौतीका विषयमा नियम संगत र न्यायिक आवाज उठाउदै आएको छ । खैर यी महत्वपूर्ण र ओझपूर्ण कामहरु त्यति चर्चा र वहसका विषय भने वनेका छैनन् । नेपाल र नेपाली हरुले एनआरएनको स्थापना संगै एनआरएनको नेपाल र नेपाली प्रति विशेष खालको भूमिका होस् भन्ने आपेक्षा गरेको कुरा संस्थाले बोध गर्दै स्थापनाकाल देखिनै आफ्नो स्वच्छ र विशिष्ट भूमिका निभाई रहयो । आम मानिसमा एनआरएनहरु पैसावाला हुन् यो विजनेस म्यान क्लव हो, सानो तिनो लगानी त्यो पनि केवल हातमा गन्न सक्ने गैरआवासीय नेपालीहरुले मात्रै गरेका छन् भन्ने भ्रम हाल आएर अन्त्य प्राय हुँदैछ, भइ सकेको छ ।
स्थापनाको १७ वर्षे गैर आवासीय नेपाली संघ देशमा भएका ठुला ठुला क्रान्ति र व्यापक सामाजिक परिवर्तनको सहयात्री र सहयोगी हो भने अव मात्रै आर्थिक विकासले देश विकास सम्भव छ भन्नेमा एकमत राखी देश लाइ कसरी आर्थिक रुपमा समुन्नत वनाउन सहयोगी हुन सकिन्छ भनेर दत्त चित्त भएर लागि रहेको छ । यति हुँदा हुँदै आफ्नो निरन्तर विविध परोपकारी कामहरु, हरेक राष्ट्रिय समिति र अन्तराष्ट्रिय समिति मार्फत जारी सामाजिक, परोपकारी र अन्य सवै सवै खाले काम को चर्चा यहाँ गर्नु उचित छैन किनकी तपाई सबैजना यसका सच्चा हिस्सेदार र जानकार नै हुनुहुन्छ ।
अव कुरा गरौ डा. गोविन्द के सी को सत्याग्रहको । यसमा फरक फरक र विविध विचार हरु हुन सक्छन । भद्र विमती र फरक विचारको म सधै सधै सम्मान गर्दछु । वुझ्नु पर्ने कुरा के हो भने निशर्त र मुख्य संयोजनकारी भूमिका समाएर एनआरएनहरु एक भएर डा. गोविन्द केसीको सत्याग्रहलाई नैतिक समर्थन जनाउनु पर्दछ । किन भने मैले माथि नै भनि सके, एनआरएनए तथा समस्त एनआरएनएहरु नेपाल र नेपालीका लागि एक विशिष्ट र विशेष शक्ति हुन् ।
अन्याय, अत्याचार, वेथिति, अराजकताको विरुद्ध आवाज उठाउन सक्ने सच्चा वौदिक, वुद्धिजिवी र प्राज्ञिक नागरिक समाज, समुह र सस्था हो एनआरएन ।
खुलेर सत्य लाई सत्य र अन्याय लाइ अन्याय भन्न सक्ने पवित्र निधि हुन् एन आर एन ! दुर्गम क्षेत्रमा विद्यालय , पुस्तकालय , स्वास्थ्य चौकी लगायत प्रत्यक्ष जनता लाइ हित हुने गरि काम गर्दै हिड्ने संस्था र समस्त एनआरएनहरु । तिनै दुर दराजका सामान्य भन्दा सामान्य नागरिक अस्पताल देख्न नपाएर, एक चक्की सिटामोल नपाएर आकाल मै ज्यान गुमाउनु नपरोस भनेर दुर्गममा शिक्षा र स्वास्थ्यमा नागरिकको वरावर पहुँच हुनु पर्छ र सरकार यसमा सचेत र गम्भीर हुनु पर्छ भनेर आफ्नो ज्यानको वाजी राखेर निसन्देह आफ्ना सवै सवै प्यारा नेपाली नागरिकको सर्वोपरी हितका खातिर आमरण अनसन वसेका इमान, जमान र नैतिकताका पर्याय सच्चा त्यागी डा. गोविन्द केसीको आमरण अनसन र सत्याग्रहको पूर्ण समर्थन गर्दछौ । त्यति मात्रै होइन सरकार र डा. गोविन्द के सी को विचमा वार्ता गरि समस्या समाधानको पहल कदमीमा समेत सारथी वन्ने छन एन आर एन, यो नगर्नु पर्ने कुनै कारण छैन !
माथि नै भनेजसरी एनआरएन “नेपालीका लागि नेपालि“ भन्ने मूल मन्त्र वोकेको सस्था हो । हो देश अविकसित छ, अशिक्षा छ, गरिवी छ , वेरोजगारी छ , धेरै भन्दा धेरै फटाह , वैदेशिक दलाली , विकाउ र देश हितमा काम नगर्ने ब्यक्तिहरु पटक पटक राज्यको नेतृत्वमा पुगे र पुगेका छन् । अनि यी ब्यक्तिहरु देशलाई जर्जर र पीडाग्रस्त वनाउन नै तल्लिन रहे तथापी केहि आस लाग्दा र भरोसा योग्य सच्चा राष्ट्रवादी नेता र नेतृत्व नभएको होइन तर यिनीहरु सारा का सारा ओझेलमा परे र परियो । उठ्न सकेनन, उठ्ने दिइएन यो हद को पराकाष्ठा र विडम्वना हो । नहुँदो हो त २३ दिन विति सक्दा पनि सत्याग्रही डा. गोविन्द केसीको आन्दोलनलाई ठोस रुपमा नलिइनुलाई अरु के को संज्ञा दिऊ ? धिक्कार नेतागण, धिक्कार सरकार !
स्मरणीय रहोस अव यो सह्य छैन । किनकी यो त हदै भयो, जसरी हरेक सचेत र जिम्मेवार नेपाली नागरिकलाई यो पाच्य छैन त्यसरी नै सवै सवै एनआरएनएहरुलाई छैन । एकाध अपवादको मैले यहाँ कुरा गर्न खोजि राखेको छैन ! भुकम्प पिडितका लागि भनेर आएको जस्ता पाता र त्रिपाल सम्म चोर्न भ्याउने नेता हरुको के कुरा गर्नु ? आँट, इमान, जमान र नैतिकता भएका देश र सच्चा देशवासीका लागि लड्ने, दुरदराजलाई हेर्ने सांसद देशले पाएन । (यद्यपी यस सम्बन्धमा भएका केहि प्रयास र एकाध सांसदज्युहरु प्रति मेरो ठुलो सम्मान छ । मन्त्रि तथा अन्य सम्बन्धितको त कुरै नगरौ ।
डा. के. सी. को सत्याग्रह र आन्दोलन का वारेमा लेख्दै गर्दा निकम्मा , दलाली नेतृत्व र देश वाहिरको सारा शत्रु संगको आड रहेको वारे म त्यति चर्चा गर्न इच्छुक रहिन । जनताले हेरेको छ , नियालेको छ , समय वलवान छ र पंक्तिकार सत्यको अवश्य जित हुन्छ भन्नेमा पूर्ण विश्वास राख्ने र सत्यको वाटो यात्रा गर्दा धेरै एक्लिनु र एक्लो हुनु पर्ने परिवेश अहिलेको समाज हो र हुँदा हुँदै पनि गौतम वुद्धको देशमा सत्य मेटिदैन र मर्दैन भन्ने विश्वास राख्ने सवैमा विश्वास र सम्मान प्रकट गर्ने एक नेपाली हो ।
(लेखक – डिला खरेल गैरआवासीय नेपाली संघका अभियन्ता एवम युवा व्यवसायी हुन् , सिड्नी अष्ट्रेलिया )






