तक्दीर अधिकारी
सिड्नी । अष्ट्रेलियाकोे सिड्नीमा हरेक बर्ष साहारा अष्ट्रेलियाले आयोजना गर्ने फुटवल प्रतियोगीताको उपाधि फेवा एफसी पोखराले जितेको छ । उक्त प्रतियोगीतामा अष्ट्रेलियामा रहेका नेपाली बेस्ट १६ समुहहरु सहभागि रहेका थिए ।
हिमास कन्सलटेन्सी मुख्य प्रायोजक रहेको उक्त प्रतियोगीताको उपाधि जित्दै फेवा एफसिले रनिङ्ग सिल्ड र २ हजार डलर नगद प्राप्त गरेको छ । त्यसैगरी दोस्रो स्थानमा चित्त बुझाएको गोर्खा राइजिङ्गले नगद एकहजार डलर प्राप्त गर्याे ।
उक्त प्रतियोगीताको फाइनलमा फेवाले गोर्खा राइजिङ्गलाइ ३–० गोल अन्तरले हराएको हो । जसमा फेवाका अविनाश क्षेत्री, सञ्जिव घिसिङ र अनुप थापाले एक एक गोल गरेर क्लबको जित सुनिश्चित गरे । त्यसैगरी किशान लामा म्यान अफ दि म्याच घोषित भए भने बेस्ट गोलकिपरको उपाधि गोकुल छन्त्यालले जिते । त्यस्तै सबैभन्दा बढी गोल गर्ने खेलाडीको रुपमा ५ गोल गर्दै अनुप थापा मगरले पुरस्कार प्राप्त गरेका छन् ।
विभिन्न चरण गरि ६ हप्ता सम्म उक्त प्रतियोगिता चलेको पोखरा समाज अष्ट्रेलियाका पूर्व अध्यक्ष समेत रहेका विजेता क्लब फेवाका संरक्षक ध्रुव गुरुङले जानकारी दिए ।
उक्त प्रतियोगीता सहारा अष्ट्रेलिया हरेक बर्ष आयोजना गर्दै आइरहेको छ । महामारीको कारण मानसिक रुपमा पनि तनावमा रहेका खेलाडीहरुलाइ यस कार्यक्रमले रिफ्रेश बनाएको ध्रुवले बताए । त्यसैगरी फेवाका क्याप्टेन दिपेन गुरुङले यस्तो बिशेष बेला मा पनि यसरी खेल्न पाउनु र त्यसैमाथि विजेताको उपाधि जित्न पाउँदा निकै खुशी लागेको अनुभव सुनाए ।






