शिब भण्डारी
लन्डन । बेलायतमा तयार भएको मिठो स्वरमा सजीएको गीत ” पोखरेली तमुस्यो” म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।राम गुरुङ र अरुणा गुरुङको संयुक्त प्रस्तुती विल्कुलै नौलो गीत “पोखरेली तमुस्यो” बजारमा आएको हो । राम प्रसाद गुरुङको शब्द रहेको उक्त गीतमा लोकप्रिय गायीका सुनिता थेगिम (लिम्बु) र टम्पशेर राइ (संगीतकार, गायक ) को मिठो स्वरमा सजिएको छ।
पुप्रण प्रोडक्सन हाउस यूकेको बजार ब्यबस्थापन रहेको सो गीतमा अमोस तामाङ स्टुडियोका राजेश श्रेष्ठले एरेन्ज गरेका छन् । भने मिक्सिङ्गकको काम किशोर थापाले गरेका छन् ।
भिडियोमा मिस यूके नेपाल २०१७ उपाधि बिजेता सिर्जना गुरुङ र बेलायतमै रहँदै आएका झन्डै दुई दर्जन नेपाली र गुरुङ भाषाका गीतको निर्देशनका साथै कोरियोग्राफी गरेका प्रभु गुरुङको अभिनय रहेको सो गीतको छायाङ्कन सुमन श्रेष्ठ र अनुराग श्रेष्ठले गरेका छन् भने मेकप पुष्पा गुरुङ्को रहेको छ । त्यसैगरी भिडियो सम्पादन सुशिल गुरुङले गरेका हुन् ।
उक्त गीतमा पोखराको सुन्दरताको कुरा गरिएको छ । भने त्यही क्षेत्रमा रहेका एक जोडीको प्रेम कथा निकै सुन्दर ढाँचामा प्रस्तुत गरिएको छ । पुप्रन गुरुङले निर्देशन गरेको उक्त गीत पुप्रन प्रोडक्सनको अफिसियल युट्युब च्यानलबाट अपलोड गरिएको छ ।
भिडियो हेर्नुस:






