नेपाली काँग्रेसकी केन्द्रिय सदस्य सुजाता कोइरालाले पार्टीको आसन्न महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
प्रेस युनियन पर्साले शुक्रबार गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान ‘सभापति शुसील कोइरालाले आफ्नो चित्त बुझाउन नसके आफूले सभापतिमा उम्मेद्वार दिने बताएकी हुन् । पार्टी सभापतिका लागि आफु योग्य रहेको भन्दै उनले अहिलेका शीर्ष नेताहरुसँग प्रतिस्पर्धा गर्न पनि आफु सक्षम रहेको दाबी गरिन् ।

गुटबन्दीका कारण पार्टी धरासायी बन्दै गएको भन्दै नेतृ कोइरालाले पार्टी भित्रको गुटबन्दी हटाउन कार्यकर्ताहरुले एक भएर नेताहरुलाई दबाब दिनुपर्ने धारणा राखिन् । पार्टीको निर्णायक तहमा महिलाहरुको ३३ प्रतिशत सहभागिता हुनैपर्ने बताउँदै उनले आसन्न महाधिवेशनपछि कांग्रेसले नयाँ विचार लिएर जनतामाझ जानुपर्नेमा जोड दिइन् ।






