मिलान, ४ बैशाख । नाइजेरिया र घानाका आप्रावासी चढेको पानीजहाजमा सवार १२ जना क्रिश्चियनलाई पानीजहाजबाट फाल्ने १५ जना मुस्लिमलाई इटली प्रहरीले गिरफतार गरेको छ । लिबियाबाट इटालीतर्फ गइरहेको पानीजहाजमा सवार आप्रवासीहरुबीच धार्मिक विषयमा विवाद हुँदा क्रिश्चियन समुदायका १२ जनालाई पानीजहाजबाट फालेर हत्या गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेकाहरुले आफूहरुमाथिको आरोप स्वीकार गर्दै धार्मिक विभेदका कारण उनीहरुलाई फालेको बयान दिएका छन् । लिबियाबाट इटालीतर्फ गइरहेको १ सय ५ यात्रु सवार सो पानीजहाज हाल इटालीको नियन्त्रणमा छ ।
पानीजहाजबाट फालेर १२ जनाको हत्या






