बाढी पहिरो पीडितको घाउमा मलम लगाउँदै पोखरा समाज अष्ट्रेलिया : १० परिवारलाइ १ लाख बढी सहयोग

तक्दीर अधिकारी, सिड्नी – पछिल्लो समय सामाजिक गतिविधिमा निकै सक्रियता पुर्वक अग्रसर भइरहेको पोखरा समाज अष्ट्रेलियाले पोखराका पहिरो पीडितहरुलाइ आर्थिक सहायता प्रदान गरेको छ ।

पोखरा लेखनाथ महानगरपालिकाको वडा न.१८, २६ तथा माछापुच्छ्रे गाउँपालिका वडा न.९ मा छुट्टाछुट्टै पहिरोमा परि ज्यान गुमाएका १० जनाको परिवारहरुलाइ प्रति परिवार ११ हजार ५ सयका दरले नगद एक लाख १५ हजार रुपैया आर्थिक राहत उपलब्ध गराइएको हो ।

ने. का.  कास्की जिल्ला कार्य समितिका सभापति कृष्ण के.सी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल, पोखरा लेखनाथ नगरपालिका वडा.१८ का अध्यक्ष रन बहादुर थापा, वडा.२६ का अध्यक्ष नारायण बराल र माछापुच्छ्रे गाँउपालिका ९ का अध्यक्ष कृष्ण दवाडी तथा समाजसेबिहरु लक्ष्मी पाण्डे, नवीन सिग्देल, महेन्द्र ढुँगना, राजेन्द्र मणि लामिछाने, तिर्थ प्रसाद अधिकारी, श्रीकृष्ण लामिछाने, बिष्णु क्षेत्री, शिव तिमिल्सिना, महेश खड्का लगायतको उपस्थितिमा पिडित परिवारलाई रकम हस्तान्तरण गरिएको हो ।

उक्त अवसरमा अखिल नेपाल फुटबल संघ एन्फाका गण्डकी प्रदेश अध्यक्ष धरमसिँह लामिछानेले विशेष भुमिका निर्वाह गरेका थिए । आफ्ना अप्ठ्यारो र पीडा बुझेर घाउमा मलम लगाउन आएको प्रति खुशी ब्यक्त गर्दै पीडित परिवारहरुले संस्थाको काम प्रति धन्यवाद ब्यक्त गरे ।

गैरआवसीय नेपाली संघ अष्ट्रेलिया न्यु साउथ वेल्सका उपसभापति तथा पोखरा समाज अष्ट्रेलियाका सल्लाहकार देव गुरूङ, सल्लाहकार चिनकाजि क्षेत्री, समाजका उपाध्यक्ष राजेश केसि, चारकुने टेलिभिजन अष्ट्रेलियाका प्रमुख सन्तोष आचार्य, सस्थाका सदस्य प्रकाशमणि लामिछाने, समाजसेवीहरु शंकर कोइराला, चन्द्र कुवर, जंग क्षेत्री, रमेश परियार, राम थापा, सन्जिब थापा, रमेश पराजुली लगायतको सक्रियतामा आर्थिक रकम संकलन गरि नेपाल स्थित पीडित परिवार कै घरदैलोमा पुर्याउन सकिएको संस्थाका महासचिव समित केसीले जानकारी दिए ।


संस्थाका अध्यक्ष राजकुमार अधिकारीले आफु प्रवासमा रहेपनि जन्मभुमिको दुख र पीडामा सदैव साथ दिने बताए । उनले आगामी दिनमा पनि स्वदेशको घाउमा मल्हम लगाउने काममा सधै जुटिरहने समेत प्रतिबद्धता जनाए ।