विश्वमा कोरोना : एक करोड भन्दा बढी निको

१२ साउन, काठमाण्डौ
विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमणपछि निको हुनेको संख्या एक करोड नाघेको छ ।

अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार हालसम्म विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमणपछि निको हुनेको संख्या एक करोड ६४ हजार ६ सय ३४ पुगेको छ ।

पछिल्लो समय विश्वभर कोरोना सङ्क्रमणको दरमा तीव्रता आएपनि निको हुनेको दरपनि बढ्दै गएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।

यस्तै हालसम्म विश्वभर कोरोना महामारीका कारण सङ्क्रमित हुनेको संख्या एक करोड ६४ लाख ४२ हजार ३ सय ३४ पुगेको छ । हालसम्म ६ लाख ५२ हजार ६ सय ५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेको छ ।