लण्डन पशुपति मन्दिरमा यस्तो देखियो तीज को रौनक :भिडियो

फडिन्द्र भट्टराई

लण्डन

साउथ ईस्ट लन्डनको पशुपतिनाथ मन्दिरको आयोजनामा नेपालि महिलाहरुको बिशेष पर्व तिज भब्य रुपमा सम्पन्न भएको छ । एसियन कम्युनिटी हल प्लमस्टीडमा सम्पन्न भएको तीज कार्यक्रममा प्रतिकुल मौसमको बावजुत पनि स्थानीय महिलाहरु उल्लासमय रुपमा सहभागी भएका छन ।12042002_10156036357160494_1954676982_n[1]

रातै साडीमा सजिएका महिलाहरु समुहगत नाच गानमा रमाएका थिए । मन्दिरको पुजा कक्षको प्रस्तिस्थापन सहित पण्डित निलहरी घिमिरे तथा बिनोद पन्थीले सचालन गरेको तिज बिशेष पुजामा महिलाहरु भक्ति पुर्वक आराधना गरेका थिए । सामुहिक आरति तथा बिसर्जन पुर्व तीज पर्वको महिमा माथि प्रवचन गरिएको थियो 12042296_10156036268120494_1826383459_n[1] मन्दिर समितीका अध्यक्ष बालजंग आर्याल तथा महासचिव अर्जुन गौतम ले महिला विशेष पर्वको लागी मन्दिरले कार्यक्रम आयोजना गर्न पाउनु खुशीको कुरा रहेको बताए । कार्यक्रममा करीव सात सय महिलाहरु सहभागी भएको जानकारी कार्यक्रम संयोजक सहदेब गिरीले जानकारी दिएका छन । कार्यक्रमको लागी मन्दिर समितिका पदाधिकारी तथा ट्रस्टिहरु लगायतका पुरुषहरु व्यवस्थापनमा सक्रिय देखिन्थे ।

यसैगरी तीज पर्व संगै जोडिएको महिलाहरुले बस्ने पंचमी ब्रतको अवसरमा समेत मन्दिरमा बिशेष पुजाआजा आयोजना गरिएको जानकारी आयोजक मध्येकै सरिता पौडेलले दीएकी छन । तीज कार्यक्रम मन्जु खरेलले सञ्चालन गरेकी थिइन। 12032306_10156036360815494_552011702_n[1]