प्रचण्ड र ओलीबीच गोप्य वार्ता गराएको १२ घण्टा नवित्दै नारायणकाजी भारत भ्रमणमा !

काठमाडौं – आफ्नो निजि निवासमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच गोप्य वार्ता गराएको १२ घण्टा नवित्दै माओवादी नेता नारायणकाजी श्रेष्ठ भारत भ्रमणमा जान थालेका छन् । माओवादी विदेश विभाग प्रमुख समेत रहेका श्रेष्ठ शुक्रवार साँझ दिल्ली जान थालेका हुन्।

पार्टी निकट प्रवासी संगठनको कार्यक्रममा भाग लिन उनी दिल्ली जान थालेको माओवादी विदेश विभागले जनाएको छ । यद्यपी भ्रमणका क्रममा केही राजनीतिक भेट समेत हुने स्रोतले बतायो । श्रेष्ठ दिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रीभोजमा पनि सहभागी हुनेछन् ।

श्रेष्ठले शुक्रवार विहान हात्तीबनस्थित आफ्नो निवासमा प्रचण्ड र ओलीको वार्ता गराएका थिए । पछिल्लो समय सत्तारुढ दल र विपक्षीबीच तनाव बढेका बेला श्रेष्ठले वार्ताको वातवरण बनाएका थिए ।

प्रधानमन्त्री प्रचण्ड र ओलीवीच आफ्नो निवासमा भेट गराएर श्रेष्ठले दिल्लीमा राजनीतिक भेटका लागि वातवरण बनाएको माओवादी स्रोतको भनाई छ ।

प्रचण्ड र ओलीवीचको भेटमा श्रेष्ठ आफु पनि सहभागी थिए । स्रोतका अनुसार श्रेष्ठले आफु भारत जान लागेको र त्यहाँ केही राजनीतिक भेट गर्ने पनि जानकारी दिएका थिए ।