सार्कमा भिसा सुविधा दिन भारत असहमत

The Indian tricolour national flag is seen flying above the Mantralaya state secretariat building in Mumbai on September 27, 2012. AFP PHOTO/ INDRANIL MUKHERJEE (Photo credit should read INDRANIL MUKHERJEE/AFP/GettyImages)

काठमाडौं–दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क भित्र कलाकार र खेलाडीलाई सार्क भिसा स्टिकर सुविधा दिनुपर्ने प्रस्तावमा भारतले असहमति जनाएको छ ।

साउन तेस्रो साता पाकिस्तानको राजधानी इस्लामावादमा भएको सार्क गृहमन्त्री स्तरीय बैठकमा भारतले यस विषयमा असहमति जनाएको हो । भारतले सहमति नजनाएपछि यो विषय आगामी बैठकसम्म स्थगित भएको छ ।

बैठकमा सहभागी सुरक्षा अधिकारीका अनुसार सरकारी कर्मचारीबाहेक कलाकार, खेलाडी, उद्योगी व्यपारी, पत्रकारलगायत पेसाकर्मीका लागि भिसा स्टिकर सुविधा उपलव्ध गराउन अन्य मुलुक सहमत देखिएका थिए । तर भारतले विस्तृत अध्ययन र छलफल हुनुपर्ने भन्दै पछि सारेपछि निर्णय हुन सकेन ।

नेपालसहित सार्क मुलुकमा आवद्ध आठ देशका लागि भारतले स्टिकर छपाउँदै आएको छ । बैठकमा भारतले सार्क भिसा स्टिकर छपाइबाहेक डाटा सेन्टर स्थापना गर्न पनि प्रस्ताव गरेको थियो ।