१२ साउन, काठमाण्डौ
सोमबार मात्रै कोरोना भाइरसका कारण ३ जना पुरुषको मृत्यु भएको छ । पर्साको विरगन्जमा ६५ बर्षीय भारतीय नागरीकको मृत्यु भएको छ । गण्डक अस्थायी कोभिड अस्पतालमा उनको मृत्यु भएको थियो भने उनी मुटु तथा मधुमेहको रोगी थिए ।
त्यसैगरी धनुषा सहिदनगर ८ डुमरीयाका ३६ बर्षीय पुरुषको पनि कोरोनाकै कारण मृत्यु भएको छ । ज्वरो खोकी र स्वासप्रश्वासको समस्या देखीएर उनी उपचार हुन आएका थिए । उनकोे विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लैजादै गर्दा मृत्यु भएको हो ।
त्यसैगरी बाराको फेटा गाउँपालिका ३ का ६० बर्षीय पुरुषको पनि कोरोना भाइरसको कारण निधन भएको छ । उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा ज्यान गएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार उनी निमोनिया मस्तिष्कघात लगायतका रोगको शिकार थिए । यो सँगै नेपालमा यस महामारीको कारण मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।
आज कोरोना भाइरसका ६२६ बिरामीहरु निको भइ घर फिर्ता भएका छन । स्वास्थ्य मन्त्रालयको नियमित नियमित अपडेटको क्रममा प्राध्यापक डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६२६ जना डिस्चार्ज भएका हुन । यो सँगै १३७५४ जना निको भइ घर फिर्ता भएका छन । भने हाल देशमा ४ हजार ९५० सक्रिय संक्रमित रहेका छन् । सोमबार मात्रै १३९ जना नया संक्रमित थपिएका छन ।






