ग्रीनविच नेपाली सोसाइटी यूकेले न्यूज यूकेको संयोजनमा तनहुँका ६० परिवारलाई दियो राहत

लण्डन । बेलायतको लन्डनस्थित रोयल बरो अफ ग्रीनविच नेपाली सोसाइटीले  नेपाली वेलफेयर सोसाइटीको संयोजनमा पहिरोबाट प्रभावित तनहुँको घिरिङ गाउँपालिका- वाड न.३, पोखरी छापका ६० घर बिपन्न परिवारलाई खाद्यान्न राहत उपलब्ध गराएको छ ।

कोरोनाको कारण श्रमजीवी समूदायमा पैदा भैरहेको खाद्य संकट समाधान गर्न सस्थाले राहत स्वरुप प्रतिघर एकबोरा चामल, पाँच किलो दाल, दुई लिटर तेल र दुई पाकेट आयो नुन बितरण गरिएको सस्थाकी अध्यक्ष शर्मिला हिराचन थकालीले बताइन । राहत बितरण कार्यक्रममा प्रमुख अतिथी गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय किरण गुरुङले जुम कन्फेरेन्स मार्फत सम्बोधन गरेका थिए । कोभीड-१९ को महामारी एवं भर्खरै आएको पहिरोको जोखिमबाट बिस्थापितहरुलाइ राहत उपलब्ध गराएर आरजिएनएस युके बास्तबमा दुखी पीडित नेपालीहरुको आत्मीय साथी बन्न सफल भएको बताए ।

बिदेशमा रहेरपनी संकटको यस अवस्थामा मातृभुमीलाइ सम्झीएर जोखिममा परेका नागरिकहरुलाइ सहयोग गर्ने सस्था र ब्यक्तिहरुलाइ सरकारले उच्च सम्मान गर्ने बताए ।

कार्यक्रमका संचालक तथा एनआरएन युकेका सचिव एबं संस्थाका उपाध्यक्ष जीत  रानाभाटका अनुसार यश अघि रुकुमको सानिभेरी, बाग्लुङको गलकोट र आज तनहुँको घिरिङ्ममा समेत गरि १५० घर परिवारलाई राहत उपलब्ध गरिएको बताए ।

राहत बितरणलाई स्थानियरुपमा गाउपालिका वडा न.३ का अध्यक्ष रणबहादुर राना, उपाध्यक्ष सरस्वती सिग्देल, अध्यक्षहरु वडा न.१ का गंगाराम कुमाल, वडा न.२ का पूर्ण थापा, वडा न.४ का सक्ति थापा, वडा न.५ प्रेमबहादुर थापा र धिरिंग गाऊपालिका प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगाना, उद्योग बाणिज्य संघका अध्यक्ष हरिकुमार श्रेष्ठ, नेकपाका नेताहरु होमबहादुर थापा, भुवन बिश्वकर्मा, शिक्षक तथा बुद्धिजीवी रमेश नेपाली लगायतले सहजीकरण गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष रानाले विषम परिस्थितिमा राहत उपलब्ध गराएर सस्थाले अतुलनीय मानबिय काम गरेको बताउदै सहयोगी नेपाली मनहरु प्रति आभार ब्यक्त गरे ।

बाचौ र बचाऔ अभियानका अभियान्ता तथा राहत बितरणको संयोजन गर्ने नेपाली वेलफेयर सोसाइटी युकेका अध्यक्ष एवं एनआरएनए युकेका सदस्य धन बहादुर सार्कीले संघ संस्थाहरुको सहकार्यले आफूलाई थप उत्साह जागेको बताए।सार्कीले बिपत्तिको बेला खाद्यान्नको अभावमा कोहिपनी नागरिकहरु मर्न नपरोस भन्ने पबित्र उद्देश्यका साथ यो अभियान संचालन गरिएको बताए । एकल र सहकार्यमा यो तीन महिनाको अवधीमा १५ ओटा जिल्लाका ५९७ घर परिवारलाई खाद्यान्न राहत उपलब्ध गरिएको अध्यक्ष सार्की ले बताए ।

यसै गरि कार्यक्रममा बेलायतबाट आरजिएनएसका संरक्षक हरि गोबिन्द गुरुङ, प्रमुख सल्लाहकार मोहन गुरुङ, महासचिव मन्जु भणडारी, सल्लाहकारहरु श्याम शेरचन, कर्ण शाही,तमु धि युकेका उपाध्यक्ष हितकाजी गुरुङ,समाजसेबी बनु गुरुङ, कोने घताने घोनडे समाज युकेका अध्यक्ष लेफटिनेन्ट चन्द्र गुरुङ, थकाली वेलफेयर सोसाइटी युकेका अध्यक्ष मेजर खिम प्रसाद गौचन, नेपाल बाट मेजर लक्ष्मी प्रसाद गुरुङ , तिल आले, दलित बिकास समितिका कार्यकारी निर्देशक डा. बुद्धि नेपाली लगायतले जुम कन्फ्रेन्स मार्फत सम्बोधन गरेका थिए ।

कार्यक्रमको समापन गर्दै सस्थाकी अध्यक्ष शर्मिला हिराचन थकालीले भौतिकरुपमा आफुहरु बेलायत रहेपनी भाबनात्मकरुपमा मातृभुमीको माटाे प्रती निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

विपन्न वर्गका अधिकांश घरपरिवारले सहयोगी हात खोजीरहेका बेला ग्रीनविच नेपाली सोसाइटी युकेले राहत लिएर पुगेपछि तनहुँको घिरिङ गाउपालिकाका क्षेत्रका बासिन्दाले खुशी ब्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।