नेपाल पत्रकार महासंघ युकेको वार्षिक साधारणसभा सम्पन्न ( फोटो फीचर )

पत्रकार महासंघको साधाणसभा लण्डन । नेपाल पत्रकार महासंघ बेलायतको वार्षिक साधारणसभा लण्डनमा सुरु भएको छ । नर्थहोल्टस्थित ब्लु अर्किड रेष्टुरेन्टको सभाहलमा जारी साधारणसभामा बेलायतका विभिन्न शहरबाट आएका नेपाली पत्रकारहरुको सहभागिता छ ।

शाखा अध्यक्ष चिरन शर्माको सभापतित्वमा भइरहेको पहिलो चरणको कार्यक्रममा कार्यवाहक राजदुत तेजबादुर क्षेत्री, एनआरएन यूके अध्यक्ष महेन्द्र कंडेलसंगै यहांस्थित विभिन्न नेपाली संघसंसथाका प्रतिनिधीको उपस्थिति छ । अध्यक्ष शर्मा र कार्यवाहक राजदुत क्षेत्रीले पानसमा बत्ति बालेर संयुक्त रुपमा साधारणसभाको उदघाटन गरेका थिए । शााखाका वरिष्ठ उपाध्यक्ष नरेश खपांगीले स्वागत मन्तव्य दिए भने महासंघका सदस्य समेत रहेका गायक सुजन पराजुलीले एक राष्ट्रिय गान प्रस्तुत गरे । कार्यक्रमको सञ्चालन महासचिव श्याम लुइंटेलले गरेका छन । पहिलो चरणको औपचारिक कार्यक्रम सकिएपछि दोस्रो चरणमा बन्दसत्रको कार्यक्रम छ । त्यसक्रममा शाखाको वार्षिक तथा आर्थिक प्रतिवेदनका साथै विगत एक वर्षमा गरिएका गतिविधीहरुबारे समीक्षा गरिनेछ ।

IMG_2831IMG_2830IMG_2829IMG_2828IMG_2827IMG_2822IMG_2823IMG_2824IMG_2825IMG_2826IMG_2821IMG_2820IMG_2819IMG_2818IMG_2817IMG_2816IMG_2815IMG_2814IMG_2813IMG_2812IMG_2811IMG_2810IMG_2809IMG_2808IMG_2807