प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौं उपत्यकाको बिभिन्न स्थानमा प्रदर्शन भएको छ । काठमाडौको कोटेश्वर, चाबहिल, गंगबु, कलंकी, लगनेखल र असन मा प्रदर्शन भएको हो । सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीको समर्थनमा बनेको ‘ग्रुप’हरुको आह्वानमा भएको प्रदर्शनमा सहभागीहरुले ‘भारतीय दलाल होसियार’, आई एम विथ केपी ओली जस्ता नारा लगाएका छन् ।

थप २३ जनामा कोरोना
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १६ जना र ललितपुरमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं र ललितपुरमा भेटिएका संक्रमित कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा काठमाडौंका ६ जना र पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १० जना र ललितपुरका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।