उम्मेदवारनै नभएको चिन्हमा भोट

close up of hand and voting ballot

काठमाडौं – ललितपुर महानगरपालिकाको उपमेयर पदमा एमाले र राप्रपाबीचको तालमेल निरर्थक देखिएको छ ।

मेयर पदमा एमालेलाई सघाउने र उपमेयरमा पदमा एमालेले राप्रपालाई सघाउने गरी भएको शीर्ष तहको सहमति मतपरिणाम देखिएन ।

सहमति बमोजिम ललितपुर महानगरपालिकामा एमालेले उपमेयर उम्मेदवार खाली र राप्रपाले मेयरको उम्मेदवार खाली राखेका थिए ।

तर धेरै मतदाताले केन्द्रको निर्णय अवज्ञा गर्दै उम्मेदवार नै नभएको सूर्य चिह्नमा खसेका मत हेर्दा शीर्ष नेतृत्वबीचको तालमेल मतादाताले नरुचाएको देखिन्छ ।