काठमाडौं महानगरमा उकालो चढ्दै एमाले

काठमाडौं, जेठ ३– काठमाडौ महानगरपालिकामा नेकपा एमाले अघि लागेको छ । मतगणनाको पछिल्लो नतिजाअनुसार एमालेले मेयर पदमा २०२२ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले ११ सय ६९ मत ल्याएको छ ।

यो आंकडा वडा नं १, २, ३, ३१ र ३२ को हो । वडा नं १ को सम्पूर्ण मत गनिसकेको छ भने अन्य वडाका मत गन्ने काम जारी छ ।

पछिल्लो आंकडा अनुसार नेपाली कांग्रेसका उपमेयरको १५ सय २३ मत छ भने राप्रपाको उपमेयरको ११ सय ९२ मत छ । उपमेयरका लागि एमालेले राप्रपालाई सघाएको थियो भने राप्रपाको उपमेयरलाई एमालेले सघाएको थियो ।

यस्तै तेस्रोमा विवेकशील नेपाली दल रहेको छ । पछिल्लो नतिजाअनुसार विवेकशीलले ८ सय ९४ मत ल्याएको छ । चौथोमा साझा पार्टी रहेको छ । साझा पार्टीका मेयरको ६५७ मत छ भने उपमेयरको ४ सय ४० मत रहेको छ ।

यस्तै माओवादी केन्द्र भने पाँचौ नम्बरमा छ । माओवादी केन्द्रका मेयरको २ सय १३ मत रहेको छ भने उपमेयरको २ सय ९३ मत रहेको छ ।