झापा । झापाका एक व्यक्तिले घाँटी रेटेर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हल्दिवारी गाउँपालिका – ४ निवासी २१ वर्षीय सन्दिप शर्माले घाँटी रेटेर आत्महत्या गरेका हुन् ।
उनले बिहीबार अपरान्ह चक्कुले आफ्नै घाँटी रेटेका थिए । घाँटी रेटेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि तत्काल मेची अञ्चल अस्पताल भद्रपुर पुर्याइए पनि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।






