रमेश खरेलले काठमाडौं १ बाट चुनाव लड्ने

काठमाडौं । पूर्वडीआईजी रमेश खरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन् ।

नेपाल सुशासन पार्टीका अध्यक्ष समेत रहेका खरेलले आगामी प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं १ बाट उम्मेदवारी दिने भएका हुन् ।

खरेलले उम्मेदवारी दिने घोषणा गरेको उक्त क्षेत्रबाट २०७४ को संघीय निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंह विजयी भएका थिए ।

उम्मेदवारीको औपचारिक घोषणा भने निर्वाचनको मिति तय भएपछि गर्ने उनले बताए ।