बेलायतका विश्वकर्माले पठाए गृहमन्त्रीलाई ज्ञापन पत्र

लन्डन। रुकुम घटनाका दोषीलाई कारबाहीको माग गर्दै बेलायत स्थित विश्वकर्मा कल्याणकारी समाज यूकेले लन्डनस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारलाई एक ज्ञापनपत्र पठाएको छ ।समाजले घट्नाको निन्दासहित दोषीलाई कारवाहीको माग गरेको हो।

दोषीलाई कानुनी दायरामा ल्याउन माग

विश्वकर्मा कल्याणकारी समाज यूकेका अध्यक्ष चन्द्र सुनार (कुमार) र सचिव विद्या विश्वकर्माले हस्ताक्षर गरि समाजले नवराज विक हत्या प्रकरणका दोषीलाई कानुनको दायरामा ल्याइ कडा भन्दा कडा कारबाहीको माग र दोषीलाई कानुनी  हदैसम्मको सजाय लगायत माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

जाजरकोटबाट गएका नवराज सहितका १९ जनामाथि सोतीका स्थानीयले आक्रमण गरेका थिए । मल्ल थरकी युवतीले बोलाएपछि उनलाई लिन जाँदा युवतीको घर नपुग्दै आक्रमण भएको थियो । घेराबन्दी गरेर आक्रमण गरेका गाउँलेले कुटपिट गर्नुका साथै कतिपयलाई नदीमा होमिन बाध्य बनाएका थिए।भेरी नदीमा बेपत्ता ६ जनाकै शव फेला परिसकेको छ ।

ज्ञापनपत्र यस्तो छ-