नेपाली वेलफेयर सोसाइटी युकेले धनगढीमा पनि गर्यो १ महिनाको राहत वितरण

शिब भण्डारी

लण्डन । बेलायतस्थित ‘नेपाली वेल्फेयर सोसाइटी यूके’ ले बुधबार नेपालमा ४० परिवारलाई १ महिनासम्म पुग्ने राहत वितरण गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ११ का विपन्न वर्गका ती परिवारलाई सोसाइटीले राहतस्वरुप खाद्यान्न वितरण गरेको हो। कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले लकडाउन गरेको साढे २ महिना पुगेको छ । यतिबेला रोजगारी गुमेर दैनिक खर्च चलाउन समस्यामा परेका नागरिकहरुलाई केही राहत पुगोस भन्ने उद्देश्यले राहत वितरण गरिएको नेपाली वेलफेयर सोसाईटी युकेका अध्यक्ष एवं एनआरएन युके सदस्य धनबहादुर सार्कीले बताए ।

लकडाउनका कारण रोजिरोटी गुमेपछि समस्यामा परेका परिवारलाई सोसाइटीले प्रति परिवार एक बोरा चामल, तीन केजी दाल, तेल एक लिटर र एक पोका नुन उपलब्ध गराएको हो । विपतका वेला राज्यले समेत सबैलाई सहयोग उपलब्ध गराउन नसकिरहेका वेला राहत सहयोग गरिएको सोसाइटीका सल्लाहकार डाक्टर बुद्धि नेपालीले जानकारी दिए ।

राहत वितरण भिडियो कन्फरेन्स जुममार्फत गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका सचिव जीत रानाभाटले संचालन गरेको कार्यक्रममा नेपाली वेलफेयर सोसाईटी युकेका अध्यक्ष एवं एनआरएन युके सदस्य धनबहादुर सार्कीको अध्यक्षतमा सम्पन्न भएको हो ।

राहत बितरण कार्यक्रमका प्रमुख अतिथि कैलाहली निर्वाचन क्षेत्र न.५ का प्रतिनिधि सभा सदस्य नारदमुनि रानाले कोरोना बिरुद्धको लडाइँमा स्वदेश तथा बिदेशमा रहेका नेपालीहरुको न्यानो साथ र भुमिका महत्वपूर्ण हुने बताउदै नेपाली वेलफेयर सोसाइटी युकेप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा डा. बुद्धि नेपाली कार्यकारी निर्देशक नेपाल सरकार, संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालय उपेक्षित उत्पीडित र दलितबर्ग उत्थान विकास समिति (इङल्यान्ड राज्य समन्वय परिसद एनआरएन युकेका उपाध्यक्ष लालबहादुर गुरुङ ,सृजनशिल लेसटर नेपाल युकेका पुर्ब अध्यक्ष एबम गैर आवासीय नेपाली संघ (एनआरएनए) युके अभियन्ता पशुपति पोख्रेल,धनगढी(११ का अध्यक्ष गंगाराम राना, समाजसेवी युबा मीन चोखाल, दलित अगुवा चन्द्रा मग्राती, कैलाली जिल्ला जितबहादुर राना कांग्रेस पार्टीका प्रतिनिधि, ध्रुब हरी बाँस्कोटा कोषाध्यक्ष, ईङ्गल्याण्ड राज्य सामन्य परिषद, गैर आवासीय नेपाली संघ युके तथा संस्थापक अध्यक्ष, क्रोयडन नेपाली कम्युनिटी युके,धर्म तामांग गोरखा भूतपूर्व सैनिक संघ (गेसो) कार्यबाहक सभापती, बिक्रम भट्टराई शिब कलचरल एंड कम्युनिटी सेन्टर युके, पत्रकार शिब भण्डारी, दाङ्गबाट संचारकर्मी सौरब छेत्री लगायतले जुममार्फत सम्बोधन गरेका थिए ।

सस्थाका अध्यक्ष धनबहादुर सार्कीले भौतिकरुपमा आफुहरु बेलायतमा रहे पनि नेपाली मन आफ्नै मातृभुमीमा रहेको बताउदै कोरोनाको संकटमा मातृभुमीप्रतिको कर्तव्य निरन्तर पूरा गर्ने प्रतिबद्धता ब्यक्त गरे । सस्थाले यस अघि उदयपुरको भुल्के, सप्तरीको कन्चनपुर् ५ चितवनको घैलाघारी, स्याङ्जाको पुतलीबजार, बाकेको नेपालगन्ज र कैलालीको धनगढीमा समेत जम्मा १६२ कोरोनाका कारण लक्डाउन बाट प्रभावित बिपन्न घरपरिवारलाई एक महिना पुग्ने राह्त उपलब्ध गराएको थियो ।