काठमाडौं, २६ चैत्र । नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज बस्दैछ । बैठक अपरान्ह प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ । बैठकमा मन्त्रालयगत एजेण्डा, सार्वजनिक खरिद ऐन र सहकारी ऐन संशोधनसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्नेबारे छलफल हुने जनाइएको छ । हिउँदे अधिवेशन बोलाउनुको साटो सरकारले व्यवस्थापिका संसद्लाई छल्दै अध्यादेश संशोधन गर्ने तयारी गरेको छ । संसदीय व्यवस्थाको वकालत गर्ने नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वको सरकारले नै संसद् छलेर अध्यादेश ल्याउने तयारी गरेको हो । गत कातिकमा संसद्को वर्षे अधिवेशन सकिएपछि पुसमा बोलाउनुपर्ने हिउँदे अधिवेशन अभैm बोलाइएको छैन । अधिवेशन रोकिएकोले दर्जनौं विधेयकको छलफल रोकिएको छ ।
मन्त्रिपरिषद् बैठक बस्दै






