बेलायतका बिभिन्न शहरबाट पत्रकारहरु लन्डन आउदै :

शिव भण्डारी

लन्डन ।

नेपाल पत्रकार महासंघ यूके शाखाको वाषिर्क साधारणसभाको तयारी अन्तिम चरण पुगेको शाखाले जनाएको छ । सो सभामा भाग लिन बेलायतका बिभिन्न शहरबाट पत्रकारहरु लन्डन आउने तयारीमा छन् । स्कटल्याण्डमा लामो समय देखी बसोबास गर्दे आएका पत्रकार माधव रेग्मी र शिव तिवारीले लन्डनको यात्रातय गरि सकेका छन् । पिटरवरो बस्ने केशव भण्डारी, र्निपेश उप्रेती, महेश अधिकारी समेत सो साधारणसभामा भाग लिन आउने तारतम्य मिलाइ सकेका छन् । महासंघका महासचिव श्याम लुइटेल वेष्ट इग्ल्याण्डबाट आइवारनै लण्डन छिर्दैछन् । सभा फानब्रो, अल्डरशट, पलम्बस्टेडट लगायतका शहरबाट पत्रकार लन्डन आउने भएका छन् । कार्यक्रममा बेलायत स्थित १ दर्जन सामाजिक सघसास्थाका प्रमुखहरुलाई आमन्त्रण गरिएको महासंघले जनाएको छ । आइतवार ग्रीनफोर्डस्थित ब्लुअर्किटमा आयोजना हुने साधारणसभामा शाखाको बाषिर्क तथा आर्थिक प्रवेदनमाथि छलफल हुने शाखा अध्यक्ष चिरन शर्माले बताए । yo

बिहान ११ बजे सुरु हुने सो कार्यक्रम दुई चरणमा गरिने भएको छ । पहिलो चरणको कार्यक्रममा बेलायत स्थित नेपाली संघसंस्थाका पदाधिकारीलाई अतिथिका रुपमा आमन्त्रण गरिएको छ । दोस्रो चरणको कार्यक्रम बन्दसत्र हुनेछ । बन्द सत्रमा महासचिव श्याम लुइाटेलले वाषिर्क प्रतिवेदन, कोषाध्यक्ष देवी गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । सोही सत्रमा शाखाको विधान, सदस्यतासम्बन्धी नियमावली तथा पत्रकार आचारसंहिताका बारेमा छलफल हुने अध्यक्ष चिरन शर्माले जानकारी दिए । बेलायतका लागि नेपाली कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीको प्रमुख आतिथ्य सम्पन्न हुने साधारणसभामा सम्पूर्ण सदस्यको उपस्थिति रहने अपेक्षा गरिएको छ । शाखामा हाल ५८ जना सदस्य छन् । यसअघि शाखाले सबै सदस्यहरुलाई विधानको अधिनमा रहेर सदस्यता नवीकरण गर्न आह्वान गरिसकेको छ ।