पानामा, २६ चैत । दशकौँपछि अमेरिकी राष्ट्रपति ओबामा र क्युबाली राष्ट्रपति राउल क्यास्ट्रो आमने सामने हुनुहुने भएको छ । यही शुक्रबार सो साइत जुरेको बताइएको छ । यो घटनालाई विभिन्न सञ्चारमाध्यमरुले शीतयुद्धकालीन अवस्थापछिको एक दुर्लभ घटनाका रुपमा प्रचार गरेका छन् । यही शुक्रबार पानामामा हुन लागेको अमेरिकी सम्मेलनमा उहाँहरु आमनेसामने बस्न लाग्नुभएको हो ।
शुक्रबार र शनिबार हुन लागेको सो सम्मेलनमा अमेरिकी राष्ट्रपति बाराक ओबामा र क्युबाली राष्ट्रपति राउल क्यास्ट्रोको बसाइँको व्यवस्थापन आमनेसामने पर्नेगरी गरिएकाले यो इतिहास रचिने भएको हो । विश्वमा सन् १९४५ मा अन्त्य भएको विश्वयुद्धपछि सुरु भएको शीतयुद्धदेखि नै यी दुई देशबीचमा शत्रुतापूर्ण सम्बन्ध रहिआएको छ ।
यी देशका बीचको यो सम्बन्धका बाबजुद पनि दुई राष्ट्रपतिको बसाइँको यस व्यवस्थापनले उहाँहरु आमनेसामने बस्न लाग्नुभएको यस घटनालाई ऐतिहासिक भनी प्रचार गरिएको छ । यसअघिको यस्तो सम्मेलनमा क्युबा सहभागी भएको छैन । तर पछिल्लो समयमा यी दुई देशबीचमा सम्बन्ध सुधारका प्रयासहरु भने भएका छन् । गएको जनवरी महिनामा यी दुई देशबीच सामान्य वार्ता भएको थियो । तर त्यस समयमा पहल गर्ने भनिए पनि यी दुई देशले आफ्ना दूतावासको स्थापना भने गरेका छैनन् ।
दशकौँपछि ओबामा क्यास्ट्रो आमनेसामने






