काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमित व्यक्तिको संख्या ५ पुग्यो । बाग्लुङकी एक युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएसँगै नेपालमाखसंक्रमितको संख्या ५ पुगेको हो । बेल्जियमबाट आएकी २२ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पुष्टि गरे ।
शुक्रबार युएइबाट आएका धादिङका एक युवामा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो । चैत ६ गते ९मार्च १९० मा २ बजेको फाइटमा उनी काठमाडौं आएको प्रारम्भिक जानकारी आएको प्रहरीले बताएको छ । उनी कैलालीको धनगढीका स्थानीयबासी रहेको जनाइएको छ । ती व्यक्ति गत चैत ११ गते अस्पताल भर्ना भएका थिए ।
फ्रान्सबाट आएकी एक युवती दोस्रो व्यक्ति हुन् । त्यसअघि संक्रमण भएका युवक उपचारपछि घर फर्किसकेका छन् ।






