अर्जेन्टिनाका तथा बार्सिलोनाका फुटबल स्टार लियोनेल मेस्सीले कोरोना भाइरसको महामारीको कारण फुटबल कहिल्यै पहिलाको अवस्थामा आउन नसक्ने भन्दै निराश बनेका छन्
मेसीले आफूलाई माया गर्ने दर्शकहरु कतिपयलाई कोरोना भाइरसले लागेकोप्रति दुःख पोखेका छन् । उनले भाइरसबाट प्रियजनहरूको मृत्यु देख्ने त्रासदीलाई सब भन्दा भयलाग्दो अवस्था भनेर वर्णन गरेका छन् ।
शीर्ष स्तरका यूरोपियन लिगहरु अब केवल कडा सुरक्षा व्यवस्थाबीच खाली स्टेडियमहरुमा मात्र खेलिने भएको छ । यो अवस्था वास्तवमा पीडादायी हुने मेस्सीको निष्कर्ष छ ।
कोरोनाले मेस्सीको मुलुक अर्जेन्टिनामा मात्र ५ सय २८ जनाले ज्यान गुमाएका छन् भने उनको कर्मथलो स्पेनमा यो महामारीमा परि २७ हजार १ सय २५ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै एक ३२ वर्षीय फुटबल प्रेमी तथा वार्सिलोनाका प्रसंशक एल पाइसले संसारमा अब के हुनेछ भन्ने बारे कसैलाई पनि थाहा नभएको बताएका छन् ।
उनले धरैले कोरोना महामारीको कारण आफन्तलाई गुमाउनु पर्दाको अवस्था दुःखदायी भएको बताए । केहीले आफ्नो परिवार त कहीले साथीभाइ गुमाएका छन् । जस्को कारण सबै जना त्रासिदमा बाँचिरहेको उनको भनाइ छ । उनले भने, “फुटबल, सामान्य जीवनको जस्तो, मलाई लाग्छ अब कहिले त्यस्तो हुने छैन । ’ एजेन्सी






