रौतहट दिनभर यस्तो रह्‍यो,भिडियो

गौर, ५ पुस – रौतहट सदरमुकाम गौरमा भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ। लगतै स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।

शनिबार दिउँसोदेखि नै तनावग्रस्त रहेको गैरमा आइतबार पनि विभिन्न चोकमा झडप भएको थियो। बीपी चोकमा भएको झडपका प्रहरीले गोली चलाएको थियो। गोली लागेर तेजापाकड-१ का १७ वर्षका शेख तवरेजको मृत्यु भएको छ। गोली लागेर घाइते भएका उनको जिल्ला अस्पताल गौरमा उपचारका क्रममा मृत्यु भएको हो।