श्रृजनसिल नेपाली समाज यूकेले विकको ज्यान लिने लाई दियो कडा चेताबनी

लन्डन । श्रृजनसिल नेपाली समाज यूकेले गत जेठ १० गते जाजरकोटमा हत्या गरिएका नवराज विकलाई सांस्कृतिक सहिद घोषणा गर्न माग गरेको छ । समाजका अध्यक्ष भक्त दर्जी, उपाध्यक्ष दिल नेपाली (मिजार), महासचिव अमर सदाशंकर (विक) र एनआरएन पूर्वउपाध्यक्ष तथा विशेष संरक्षक शेर सुनारद्वारा संयुक्तरुपमा जारी गरिएको वक्तव्यमा भनिएको छ, नेपालको जाजरकोटमा फेरी पनि एक कहालिलाग्दो मानवता विरोधी बर्बर घट्ना घट्यो ।

१९ वर्षिय नवराज विकको अन्तरजातीय प्रेमका कारण अनाहकै तथाकथित उपल्लो जाती भनाउदाहरुले सम्पूर्ण गाउँ नै उर्लाएर एक दलित यूवक र उनका साथीहरुको हत्या गरिएको समाचार छापाहरुमा छरपष्टिएको देख्दा यस श्रृजनसिल नेपाली समाज यूकेको गम्भीर ध्यानाकार्षण भएको छ । उक्त घट्नाको नेपाल सरकारको तर्फबाट निस्पक्ष ढंगबाट सत्य तथ्य प्रमाणको छानबिन गरी दोषीलाई हदै सम्मको सजायकोमाग गर्दछ ।

संविधानले जीवनसाथी छान्ने अधिकार दिएको छ, जात र धर्मको आधारमा विभेद गरिएको छैन तर फरक जातिसँगको प्रेम र विवाहमा समाजको क्रुरत हट्न नसक्नुको कारण नेपाल सरकारका तीनै महत्वपूर्ण अंगहरु न्यायपालिका, कार्यपालिका र व्यस्थापिकाको असक्षमता दलित समुदाय प्रतिको पूर्वाग्रहिले गर्दा नै हो भन्ने हाम्रो ठम्याई छ । नेपालको कानुनले जातीय आधारमा छुवाछुतलाई दण्डनीय अपराध गरेको ५७ वर्ष भएको छ ।

मुलुकी ऐन ०२० ले नै छुवाछुत दण्डनीय भनेको छ । कानुनी रुपमा मात्र होइन, व्यवहारमा पनि अब छुवाछुतको व्यवहार हुनेछैन भनेर संसदले २१ जेठ २०६३ मा नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो । तर, व्यवहारमा भने प्रेम गर्ने युवायुवतीले दुव्यवहार सहनुपर्ने मात्र होइन, ज्यानै गुमाउनुपर्ने अवस्था अहिले पनि छ । यसै सन्दर्भमा श्रृजनसिल नेपाली समाज यूके, नेपाली राजदुतावास यूके मार्फत नेपालमा अझै पनि सरकार सबै नेपाली जनताका लागि समान रहेको प्रत्याभुति दिलाउन, दोषीलाई कडा भन्दा कडा कारबाही गर्न र मृतक नवराज विकलाई संस्कृतिक सहिद घोषणा गर्न माग गर्दछ, विज्ञप्तिमा भनिएको छ ।

Letter-Head-Srijanshil-Nepali-Samaj-UK-1 (1)