नेपालमा जेठ २० गतेसम्म लकडाउन

dlGqkl/ifbsf] a}7s sf7df8f}F $ h]7 . k|wfgdGqL s]kL zdf{ cf]nLsf] cWoIftfdf cfOtaf/ afn'jf6f/df a;]sf] dlGqkl/ifbsf] a}7s . t:jL/M rGb|snf If]qL÷/f;;

काठमाडौं । सरकारले लकडाउन जेठ २० गते मध्यरातसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

नेपालमा कोरोना संक्रमणको दोस्रो केस भेटिएको भोलिपल्ट सरकारले ११ चैतमा देशभर लकडाउन लागू गरेको थियो । त्यसयता पटकपटक लकडाउनको समय थप भएको छ । पछिल्लो पटक थपिएको समय जेठ ५ सम्म थियो ।

जेठ ५ पछि भने जोखिमका आधारमा लकडाउन खुकुलो वा कडा गर्ने भनिएको थियो । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेर २९५ पुगेको छ भने दुई जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको पुष्टि भएको छ । त्यही कारण आइतबार नै बसेको कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनु पर्ने निष्कर्ष निकालेको थियो ।