काठमाडौँ । नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ ।
आइतबार बिहान बाँकेको नरैनापुर क्वारेन्टाइनमा रहेका २४ वर्षिय युवाको मृत्यु भएको थियो ।
उनको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए ।
नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका युवकको आइतार बिहान पौने ७ बजेतिर मृत्यु भएको जिल्ला स्वास्थय कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी बताए ।






