सांसद तथा कर्मचारीको रिपोर्ट नेगेटिभ

dGqL du/af6 :jfa k/LIf0f sf7df8f}F, @^ j}zfv M vfg]kfgL dGqL lagf du/ z''qmaf/ ;+3Lo ;+;b ejg gofF afg]Zj/df sf]/f]gf efO/; -sf]le8–!(_sf]] :jfa k/LIf0f u/fpFb} . t:jL/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं । सङ्घीय संसद प्रतिनिधिसभा-राष्ट्रियसभाका सांसद तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले बिहीबार परीक्षण गराएका सबै ४३४ को रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो ।

ती मध्ये २१२ सांसद र बाँकी संसद् सचिवालयका कर्मचारी हुनुहुन्थ्यो । उहाँहरु सबैको संसद् भवन नयाँ बानेश्वरमा स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गरिएको थियो । आजदेखि सङ्घीय संसद्को बजेट अधिवेशन शुरु हुँदैछ । कोरोनोको जोखिम हुन नदिन सांसद र कर्मचारीको अनिवार्य पिसिआर परीक्षण गरिएको थियो ।

महाशाखा निर्देशक डा पाण्डेका अनुसार बिहीबार परीक्षण नभएका सांसदको आज पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ ।